पिएनमा अखिललाई ‘केपी ओली फ्यान क्लब’ भन्दै विरोधमा ७ विद्यार्थी संगठन

पाेखरा | साउन ८, २०७९

पिएनमा अखिललाई ‘केपी ओली फ्यान क्लब’ भन्दै विरोधमा ७ विद्यार्थी संगठन

पृथ्वीनारायण क्याम्पस पोखरामा नेकपा एमाले निकट अनेरास्ववियुको विरुद्ध ७ विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका छन् । 

 

लगभग बेवारिसे अवस्थामा रहेको स्वतन्त्र विद्यार्थी संगठनको भवन सरसफाई गरी अनेरास्ववियुले सम्पर्क कार्यालय  एवं पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप होर्डिङ् बोर्ड टाँगेपछि अन्य विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन्  । विद्यार्थी संगठनहरुले अनेरास्ववियुले स्ववियु भवन कब्जा गरेको आरोप लगाएका छन् । 

 

विद्यार्थी संगठनहरुले विज्ञप्ती जारी गरी ‘केपी ओली फ्यान क्लब निकट अराजक झुण्डहरुले स्ववियु भवन कब्जा गरेको’ बताएका छन् । साथै, क्याम्पसको मूलगेटमा ब्यानर राखेकोमा पनि उनीहरुको आपत्ति छ । 

 

संयुक्त विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (छैठौं)लगायत छन् ।

 

उक्त भवनबाट अखिललाई २४ घण्टाभित्र हटाउन संगठनहरुले प्रशासनलाई अल्टिमेटम दिएका छन् । अहिले विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच छलफल चलिरहेको छ। 

 

यस विषयमा विद्यार्थी संगठनहरु सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

काठमाडौं: आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान क...

थप पढ्नुहोस्

काठमाडौं:    जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।  शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।&...

थप पढ्नुहोस्

पोखरा:  पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ ।  साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

थप पढ्नुहोस्